रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला


बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका छन् । किभले मस्कोको आक्रमणको पहिलो वर्षगाँठमा ठूलो आक्रमण हुने अपेक्षा गरेको छ ।
 
युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन् । टाउकोमा टर्च लगाएका उद्धारकर्ताहरूले भग्नावशेषबाट बाँचेकाहरूलाई निकाल्ने काम शुरु गरेका छन् । 

भग्नावशेषमुनि कुचिएको एक बासिन्दाको शव फेला परेपछि, उद्धारकर्ताहरूले पीडितलाई स्ट्रेचरमा लगेका बताइएको छ । अग्निनियन्त्रकहरुले भत्किएको भवनको संरचनामा आफ्नो बाटोमा काम गरेकाे जनाइएको छ ।

धेरै मानिसहरू फसेका  विश्वास गरिएको हुनाले प्यारामेडिक, खोज र उद्धार कुकुरहरू र विस्फोटक विशेषज्ञहरू यस उद्धारकार्यमा संलग्न रहेका डोनेट्स्क क्षेत्रीय प्रहरीले जानकारी दिएका छन् । आफ्नो अपार्टमेन्ट क्षतिग्रस्त भएको ७१ बर्षीय एक वासिन्दाले मैले पहिले सीटी सुनें र त्यसपछि सबै वरिपरि उड्न थाल्यो, भनेका छन् । 

‘शान्तिप्रिय मानिसहरू मरे र भग्नावशेषमुनि छन्’ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रकेट प्रहारपछि लेखेका छन् । -सिन्ह्वा

Logo