प्रशान्त महासागरमा खस्यो रुसी अन्तरिक्ष यानको भग्नावशेष

प्रशान्त महासागरमा खस्यो रुसी अन्तरिक्ष यानको भग्नावशेष


रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ । 

अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो । त्यसपछि जलेका अवशेषहरू प्रशान्त महासागरको गैर-नाभिगेसन भागमा खसेको बताइएको छ ।

उक्त कार्गो अन्तरिक्ष यान अक्टोबर सन् २०२२ अक्टोबरमा प्रक्षेपण गरिएको थियो जसले अन्तरिक्ष स्टेशनलाई २.५ टन भन्दा बढी आपूर्तिहरू प्रदान गरेको उल्लेख गरिएको छ । -सिन्ह्वा

Skip This
Logo