अल्बानिया,
अल्बानियामा मंगलबार शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । १ सय ५० जना घाइते छन् । भूकम्पबाट यहाँ थुप्रै भवन र भौतिक संरचना भत्किएका छन् । राजधानी तिरानाबाट ३४ किलोमिटर उत्तरपूर्वी क्षेत्रलाई केन्द्र बनाएर ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रधानमन्त्री एडी रामाले पनि भूकम्पबारे ट्वीटर मार्फत सार्वजनिक गरेका छन् । साथै आफूहरुले प्रभावित क्षेत्रमा उद्धारका लागि सक्दो प्रयास गरेको पनि उनले जनाए । स्थानीय समय अनुसार मंगलबार बिहान ३ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुश भएको हो ।
घटनापछि सुरक्षाकर्मीलाई उद्धारका लागि खटाइएको छ । कतिपय स्थानमा भत्किएका भवनमा मानिसहरु च्यापिएर रहेको हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।
एजेन्सी
प्रकाशित: ११ मंसिर २०७६ ०९:११ बुधबार