राष्ट्रपति निर्वाचनको मत परिणाम प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष बुझाइँदै

राष्ट्रपति निर्वाचनको मत परिणाम प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष बुझाइँदै


राष्ट्रपति निर्वाचन मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिने भएको छ ।  

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

माघ १६ गतेको निर्णय अनुसार बिहीबार  राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  । निर्वाचनमा ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन् भने अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए। 

Logo