रातारात प्रधानमन्त्री किन पुगे वामदेव निवास भैंसेपाटी ?

रातारात प्रधानमन्त्री किन पुगे वामदेव निवास भैंसेपाटी ?


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन् । मंगलबार साँझ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित गौतम निवास भैंसेपाटी पुगेका हुन् ।

भैंसेपाटीमा ओली र नेता गौतमबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतको दाबी छ । वामदेव सचिवालयले पारिवारिक भेटघाट भएको बताए पनि पार्टी भित्रको विवादको विषयमा छलफलका लागि ओली भैंसेपाटी पुगेको उनी निकट स्रोत बताउँछ ।

प्रधानमन्त्री ओली पार्टी महासचिव विष्णु पौडेललाई समेत लिएर भैंसेपाटी पुगेका हुन् । पार्टी भित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शक्ति संघर्ष चल्दै गर्दा प्रधानमन्त्री स्वयम् उपाध्यक्ष गौतम निवास पुग्नुलाई महत्वका साथ हेरिएको छ ।अन्नपूर्णबाट

Logo