यि हुन् सबैभन्दा लामो खुट्टा भएकी महिला

यि हुन् सबैभन्दा लामो खुट्टा भएकी महिला


रसियन मोडेल इकाटेरिना लिसिनाले गिनिज बुकमा रेकर्ड राखेकी छन् ।  

यि महिला विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिलाको रुपमा चिनिएकी छन् ।  यिनले यो भन्दा अघि नै विश्वकी अग्ली मोडलको उपाधि प्राप्त गरि किर्तिमान राखेकी छन् । 

उनको लम्बाई ६ फिट ९ इन्च रहेको छ। २९ बर्षीया यि मोडलको बायाँ खुट्टाको लम्बाई १३२.८ सेन्टिमिटर छ भने दायाँ खुट्टाको लम्बाई १३२.२ सेन्टिमिटर रहेको छ ।

खासमा इकाटेरिना लिसिनाको परिवारका सबै सदस्यहरु अग्ला नै रहेका छन् । कुनैबेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनुपरेकी यि मोडलले अहिले विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा चर्चा पाएकी छन्।

Logo