अमेरिकामा बैंक ब्याजदर १५ वर्षयताकै उच्च

अमेरिकामा बैंक ब्याजदर १५ वर्षयताकै उच्च


अमेरिकाको केन्द्रीय बैंक फेडले ब्याजदर शून्य दशमलव २५ आधार बिन्दुले बढाएको छ । बैंकले ब्याजदर बढाएसँगै फेडरल रिजर्भको ब्याजदर अहिले ४ दशमलव ७५ रहेकोमा ५ प्रतिशत पुगेको छ । यो ब्याजदर १५ वर्षयताकै बढी हो ।

यसअघि यो स्तरमा ब्याजदर सन् २००८ को ग्लोबल फाइनान्स क्राइसिसको समयमा थियो। फेडले मार्च २०२२ देखि ९ पटक ब्याजदर बढाएको छ । केही दिनअघि युरोपेली केन्द्रीय बैङ्कले क्रेडिट सुइस बैंक सङ्कटपछि ब्याजदर शून्य दशमलव ५० प्रतिशतले बढाएको थियो ।

फेडले डिसेम्बरमा शून्य दशमलव ५० आधार बिन्दुले ब्याज दर बढाएको थियो। यस बैंकले पहिले लगातार चारपटक शून्य दशमलव ७५ आधार बिन्दुले ब्याज दर बढाएको थियो। -एजेन्सी

Logo