साउदी अरबमा बस दुर्घटना, २० जनाको मृत्यु

साउदी अरबमा बस दुर्घटना, २० जनाको मृत्यु


साउदी अरेबियाको दक्षिणपश्चिम क्षेत्रमा सोमबार यात्रुले भरिएको बस दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । यमनको सिमानामा पर्ने दक्षिणपश्चिमी असिर प्रान्तमा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा अन्य २९ जना घाइते भएको साउदी अरबको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । मृतक अधिकांश तीर्थयात्रीहरू थिए जो पवित्र रमजान महिनामा उमराह (इस्लाममा तीर्थयात्राको एक रूप) गर्न मक्का शहर जाँदै थिए।

पुलमा ठोक्किएर पल्टिएपछि बसमा आगो लागेको थियो । घटनाको फुटेज टिभीमा प्रसारण भएको छ, जसमा बस पूर्णरुपमा जलेको देखिन्छ ।

Logo