कोमाकीको नयाँ वर्ष अफरः ‘उमेरको आधा जति, पाउनुहोस् त्यति नै हजार छुट’

कोमाकीको नयाँ वर्ष अफरः ‘उमेरको आधा जति, पाउनुहोस् त्यति नै हजार छुट’


कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । 

कम्पनीले नयाँ वर्ष २०८० को अवसर पारेर  ‘उमेरको आधा अफर–उमेरको आधा जति, पाउनुहोस् हजारमा डिस्काउन्ट त्यति’ अफर ल्याएको हो। यस अनुसार उमेरको आधा जति, त्यति नै हजार डिस्काउन्ट पाइने छ ।

सो अफर अन्तर्गत कुनै पनि कोमाकी ईभीको खरिदमा आफ्नो उमेर भन्दा ठ्याक्कै आधा जति, त्यति नै हजार बराबरको डिस्काउन्ट पाइने छ । ग्राहकले २० हजार रुपैयाँ फ्ल्याट डिस्काउन्ट पनि लिन सक्ने छन् । यी दुई मध्ये जुन बढी हुन्छ, त्यही छुट लिन सकिने कम्पनीले जनाएको छ ।

यो वाहेक पुरानो कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग नयाँ कोमाकी मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्न पनि सकिने छ । त्यसैगरी कोमाकी ईभी लिदा ४० प्रतिशत डाउन पेमेन्ट गरी बाँकी ६० प्रतिशत रकमलाई २ वर्ष सम्म किस्ताबन्दीमा समेत तिर्न सकिने सुविधा समेत उपलब्ध छ ।

कोमाकीको उक्त अफर आगामी बैशाख ३१ गते सम्म उपलब्ध हुने कम्पनीको भनाई छ ।

Logo