1
1
1
1
1
0
Shares

चर्चमा १७५ बालबालिकामाथि यौन दुर्व्यवहार

1
1
1
1
1
1
1
1

मेक्सिको ।

रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीहरूले कम्तीमा १७५ जना बालबालिकालाई यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको छ ।

प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित ‘लिगनरी अफ क्राइस्ट’ का संस्थापक मार्सियल मासिएलसहित ३३ पादरी वा ‘डेकन’ ले कम्तीमा ६० बालबालिकामाथि सन् १९४१ देखि अहिलेसम्म यौन दुर्व्यवहार गरेको स्वीकार गरेका छन् ।

समूहका महानिर्देशक एदुआर्दो रोबल्स–गिलले स्थापना गरेको आयोगद्वारा गरिएको अनुसन्धानले सन् १९४१ मा लिगनरी अफ क्राइस्टको स्थापनादेखि सन् २०१९ को डिसेम्बर १६ सम्म गरेको अनुसन्धान प्रतिवेदललाई ‘सेरोआबुसोेस डट ओआरजी’ मार्फत सार्वजनिक गरिएको छ । ‘यौन दुर्व्यवहार भएका भनिएका सबै बालबालिका ११ वर्षदेखि १६ वर्ष उमेर समूहका रहेका छन्’, अनुसन्धान प्रतिवेदनमा भनिएको छ । अनुसन्धानमा आरोपित ३३ पादरीमध्ये १८ जना अझै पनि उक्त संस्थामा संलग्न रहेका छन्। तर संस्थाले उनीहरूलाई नागरिक वा बालबालिकासँग जोडिने कुनै पनि कामबाट टाढा गरिसकेको बताएको छ ।

अझ आश्चर्यको कुरा के छ भने आरोपित ३३ मध्ये १४ जना त लिगनरीहरूबाट नै पीडित भएका छन् । बालबालिकालाई कसरी यौन दुर्व्यवहार गरिएको थियो र दुर्व्यवहारका घटना कसरी अहिलेसम्म पनि जोडिएका छन् भन्नेबारेमा प्रतिवेदनले स्पष्ट व्याख्या गरेको छ ।

प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिभन्दा बढी व्यक्ति दुर्व्यवहारमा परेका पनि हुन सक्ने तर अध्ययनले सबै समेट्न नसकेको पनि बताइएको छ । यद्यपि अनुसन्धान र अध्ययनलाई भविष्यमा पनि जारी राख्ने सेरोआबुसेसले जनाएको छ ।

सेरोआबुसेसले भनेको छ, ‘विभिन्न ४५ जना पीडितलाई क्षतिपूर्ति र मेलमिलाप गराउने प्रक्रिया जारी छ र यसलाई अझ धेरैमा बिस्तार गर्नुपर्ने महसुस गरिएको छ । सन् २००८ मा मृत्यु भइसकेका मासिएललाई उनी कार्यरत संस्थाबाट आरोप आउन थालेपछि तत्कालीन क्रिश्चियन धर्मगुरु पोप बेनेडिक्टले सन् २००६ मा अवकाश लिन दबाव दिएपछि उनी संस्थाबाट अलग्गिएका थिए ।
रासस /एएफपी

प्रकाशित: ७ पुष २०७६ ०९:२० सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी