नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु


काठमाडौं ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको निधन भएको छ।

महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । प्रतिष्ठानमा उपचारका लागि आउँदा नै सिकिस्त रहेका ती वृद्धलाई शुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो।

उनको पिसिआर जाँच गर्दा पोजेटिभ आएपछि मंगलबार आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो।बिरामीमा रुघाखोकी र ज्वरो आएको थियो । मृतकको शवलाई महोत्तरी पठाइ सकिएको छ।

यसअघि पनि सप्तरीको राजविराजका एक वृद्धको पनि कोरोनाकै कारण वीपीमा उपचारको क्रममा निधन भएको थियो ।

Logo