विश्व

आगलागीमा परि ६ जनाको मृत्यु

15 Shares

चोङ्गकिङ ।

चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

चोङ्गकिङको फुलिङ जिल्लामा रहेको सो भवनमा स्थानीय समय अनुसार सोमबार बिहान ७ः५५ मा आगलागी शुरु भएको त्यहाँको सार्वजनिक विभागले जानकारी दिएको छ ।

के कारण आगलागी भयो भन्ने अनुसन्धान भइरहेको जनाइएको छ । यस आगलागीमा परी के कति व्यक्ति घाइते भए लगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ ।
रासस/सिन्ह्वा

प्रकाशित: १४ पुस २०७६ १३:१३ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी