साफ च्याम्पियनसिप २०२३ः नेपाल र भारत एउटै समूहमा

साफ च्याम्पियनसिप २०२३ः नेपाल र भारत एउटै समूहमा


साफ च्याम्पियनसिपको २०२३ मा नेपाल कठिन समूहमा परेको छ । साविक उपविजेता नेपालको समूहमा भारत र आमन्त्रित मुलुक कुवेत परेका छन् । 

बुधबार भारतमा आयोजित साफ च्याम्पियनसिप २०२३ को ड्र निकाल्ने क्रममा नेपाल समूह ‘ए’मा परेको छ । भारतको बेंगलोरमा आगामी असार ६ देखि १८ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको समूहमा साविक विजेता भारत र आमन्त्रिक कुवेत रहेका छन् । नेपालको समूहमा पाकिस्तान पनि रहेको छ ।

प्रतियोगिताको समूह ‘बी’ लेबनानसँगै माल्द्धिभ्स, भुटान र बंगलादेश छन् । फिफाको प्रतिबन्धका कारण श्रीलंकाले च्याम्पियनसिपमा भाग लिएको छैन । च्याम्पियनसिपमा यसपटक कुवेत र लेबनान आमन्त्रित विदेशी टोलीकोरुपमा पहिलो पटक समावेश गरिएको छ ।

साफ मुलुकको फुटबल स्तरोन्नतिका लागि यस्तो थालनी गरिएको हो । यस अघि बंगलादेशमा आयोजित महिला फुटबलमा आमन्त्रित विदेशी टोलीकोरुपमा रुसलाई सहभागी गराइएको थियो । 

Logo