नेपाली बजारमा आज सुनचाँदीको भाउ बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको भाउ बढ्यो


हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ। सुन आज तोलामा ८ सय रुपैयाँले बढेको छ। शुक्रबार  १ लाख ९ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज  १ लाख १० हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। साथै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ। 

यस्तै, दुई दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको छ। चाँदी १५ रुपैयाँले बढेर तोलामा आज १ हजार तीन सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।  

Logo