जनता झुक्याउने काम नगर्न शीर्ष नेतालाई सांसद पराजुलीको चेतावनी

जनता झुक्याउने काम नगर्न शीर्ष नेतालाई सांसद पराजुलीको चेतावनी


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले, जनता झुक्याउने काम नगर्न शीर्ष नेताहरूलाई चेतावनी दिएका छन्। 

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पराजुलीले नीति तथा कार्यक्रममा आशा लाग्दा कार्यक्रम ल्याउने तर कार्यान्वयन नगर्ने जनता झुक्याउने काम भएको भन्दै सचेत गराएका हुन्। 

उनले भने, ‘सधैँ नीति तथा कार्यक्रममा प्रतिवद्धता जनाइने गरेको छ। तर कार्यन्वयन निकै कम मात्र भएका छन्। यस वर्ष पनि प्रतिवद्धता मात्र जाहेर गरेर जनतालाई झुक्याउने कोसिस नगरियोस्। जनता जागरुक भईसकेका छन्। वर्तमान अवस्थामा के सरकारले चने जस्तै आर्थिक स्थिती उत्साह जनकै नै भएका हुन् त? नागरिकले कुन क्षेत्रमा महसुस त्यस्तो गर्न पाएका छन्?’

त्यस्तै आफू नजिकका र आफ्नो पार्टीसंग जोडिएका मानिसलाई जोगाउने खेलमा नलाग्न उनले नेताहरुको ध्यानाकर्षण गराए। ‘शिर्ष नेता ज्यूहरु प्रधानमन्त्री ज्यूहरु आफ्नो पार्टी र आफूसंग जोडिएको मान्छेहरु भ्रष्टचारमा मुछिएका छन भने ती सबै निर्दोश हुने र विविध कारण देखाएर उनिहरुलाई कारवाही गर्न पछि पर्ने यस्तो कार्य बन्द गर्नुस्।’ 

Logo