३ कात्तिक २०७८ बुधबार

0 Shares

इरानद्वारा अमेरिकी सेनाको बेस क्याम्पमा रकेट प्रहार

इरान ।

इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । अल जजिराका अनुसार पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा आज बिहान दर्जन रकेट प्रहार गरिएको हो ।

१३ वटा रकेट प्रहार गरिएको भएपनि हालसम्म कुनै क्षति तथा हताहतीको विवरण भने आएको छैन । इरानी सरकारी टेलिभिजनले पनि रिभ्युलुसनरी गार्डले रकेट प्रहार गरेको र अमेरिकाले थप आक्रमण गरेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।

अमेरिकी गठबन्धन सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी रकेट प्रहार भएको अमेरिकाले पनि पुष्टि गरेको छ । गत साता अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने धम्की दिँदै आएको थियो।

प्रकाशित: २३ पुष २०७६ ०९:४५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी