जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ


जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन्। मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो। 

जापनीज सञ्चार माध्यमका अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए। सो घटनामा समग्रमा चार जना मारिएका थिए भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ। तर, उनकाे नाम भने सार्वजनिक गरिएकाे छैन। 

 तर, उनले चार जना माथी किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो? त्यो भने अझै खुल्न सकेको छैन। प्रहरी हिरासतमा रहेका कारण उनी माथी छानबिन जारी रहेकाले केही समयपछि सो गोलीकाण्डको उदेश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदहाडै गोली हानी हत्या गरिए पछि यो पछिल्लो घटनालाई उत्तिकै दर्दनाक मानिएकाे छ किनभने जापानमा बन्दुकमार्फत हुने हिंसा अत्यन्तै दुर्लभ घटनाको रुपमा लिइन्छ। 

Logo