ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाय हुने

ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाय हुने


पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 'मार ए लागो कागजात प्रकरण' मा ३७ वटा मुद्दाको सामना गर्नुपर्ने भएको छ।

संघीय अभियोजकहरूले उनलाई गैरकानूनी रूपमा अमेरिकी आणविक र रक्षा कार्यक्रमहरूमा शीर्ष गोप्य फाइलहरू राखेको आरोप लगाइएको छ। अभियाेग पुष्टी भएमा उनलाइ २० बर्षकाे जेल सजाय हुनेछ।

न्याय बिभागले लगाएको अभियोग अनुसार जब ट्रम्पले जनवरी २०२१ मा ह्वाइट हाउस छोडे, त्यो बेला उनले पेन्टागन, सीआईए, राष्ट्रिय सुरक्षा एजेन्सी र अन्य गुप्तचर एजेन्सीहरूबाट गोप्य कागजातहरू लिएर गए।

फ्लोरिडाको संघीय अदालतमा दायर गरिएको अभियोग अनुसार, ट्रम्पले फ्लोरिडाको 'मार ए लागो' निवासकाे  क्लबमा ती गोप्य दस्तावेजहरू असुरक्षित रूपमा राखे, जहाँ उनले नियमित रूपमा हजारौं पाहुनाहरूसँग ठूला सामाजिक कार्यक्रमहरू आयोजना गर्ने गर्दथे।

कम्तिमा दुई अवसरहरूमा उनले अमेरिकी सैन्य अपरेसनहरूको कागजातसमेत अरूलाइ देखाएका थिए। जबकी बेडमिन्स्टर, न्यू जर्सी गोल्फ क्लबमा उनीहरूलाई देखाउन मिल्दैनथ्यो। तर ट्रम्पले अमेरिकाका भावी योजनाहरूका गोप्य कागजातहरू देखाएर राज्य बिरूद्द अपराध गरेका अभियाेग पत्रमा उल्लेख छ।  

अभियोगमा अगाडी भनिएको छ कि,'ट्रम्पले लिएर गएका गाेप्य कागजातहरूमा संयुक्त राज्य अमेरिका र विदेशी रक्षा नीति र हतियार क्षमताहरू,संयुक्त राज्यको आणविक कार्यक्रम, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूको सैन्य आक्रमणको सम्भावित कमजोरीहरू र प्रतिक्रियामा सम्भावित प्रतिशोधको योजनाहरू समावेश छन्।'

सो कागजातहरूमा विदेश आक्रमणका योजनाहरू पनि समावेश रहेका छन्। अभियाेगमा भनिएको छ,‘यी गोप्य कागजातहरूको अनाधिकृत खुलासाले अमेरिकाको राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न सक्छ।’

जसकाकारणा ट्रम्पमाथि राष्ट्रिय प्रतिरक्षा सूचना जानीजानी लुकाउने, न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र, कागजपत्र लुकाउने र गलत बयान दिनेलगायत ३७ वटा मुद्दामा अभियोग लगाइएको छ।

न्याय विभागका विशेष सल्लाहकार ज्याक स्मिथले दायर गरेको आरोपमा प्रत्येक गणनामा २० वर्षसम्मको जेल सजायकाे माग गरिएकाे छ।यसैगरी,ट्रम्पका सहयोगी वाल्ट नाउटामाथि ट्रम्पलाई कागजात लुकाउन सहयोग गरेको ६ वटा आरोप लगाइएको छ।

Skip This
Logo