संयुक्त सरकारमा प्रधानमन्त्रीले एकलौटी गर्न सक्दैनन्ः मन्त्री राई

संयुक्त सरकारमा प्रधानमन्त्रीले एकलौटी गर्न सक्दैनन्ः मन्त्री राई


जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता अशोककुमार राईले विधान अधिवेशन नयाँ र लोकतान्त्रिक भएको भन्दै ऐतिहासिक अभ्यासको सुरुवात गरेको बताएका छन् । 

आइतवार जनता समाजवादी पार्टी नेपाल (जसपा)को पहिलो विधान अधिवेशनमा मन्त्री राईले गठबन्धन सरकारमा मन्त्री र पार्टीको नेताले चाहेर पनि छिटो काम गर्न नसक्ने उल्लेख गर्दै त्यसलाई पार्टीका नेताले बुझ्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘संयुक्त सरकारमा कसैले पनिआफूले चाहेको जस्तो अगाडि जान सक्दैन् त्यहाँकहीं न कहीं सम्झौता गर्नुपर्ने हुन्छ । संयुक्त सरकारमा हाम्रो पार्टीले चाहेको जसरी छिटोछिटो काम गर्ने ढिलासुस्ती हटाउने कुराहरु नभई दिन सक्छ । मन्त्रीहरुको तहमामात्रै समस्याको समाधान हुँदैन् । त्यसका लागि शीर्षस्थ नेताको बैठकमा प्रधानमन्त्रीले खोज्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले पनिआफूले चाहे जसरी सरकारलाई सञ्चालन गर्न सक्दैनन् । यो सीमालाई ध्यानमा राखेर आफ्नो चाहना, अपेक्षा र मागलाई निर्धारण गर्नुपर्ने हुन्छ ।’ 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका राईले विधानमा आफ्नो पार्टीको घोषणापत्रमा भएका तत्वहरु रहने भन्दै घोषणापत्रमा भएको सिद्धान्त,विचार,नीति र राजनीतिलाई लागू गर्ने टुल्सको रुपमा पार्टीका अंग, तिनको कायक्षेत्र र अधिकार क्षेत्रलाई विधानमा व्यवस्थित गरेको उल्लेख गरे । 

Logo