मेयर बालेनविरुद्धको अवहेलना मुद्दा श्रेष्ठको इजलासमा

मेयर बालेनविरुद्धको अवहेलना मुद्दा श्रेष्ठको इजलासमा


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना मुद्दामा आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ तोकिएको छ।

गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो। न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको रिट दुवैपटक स्थगित गरिएको हो। आज न्यायाधीश श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेसी १५औँ नम्बरमा तोकिएको छ। समय नपुगेमा आज पनि सुनुवाइ स्थगित हुनसक्छ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए।

Logo