हार्दिक पटेल १८ जनवरीदेखि बेपत्ता भएको परिवारले दाबी गरेकाे छ । भारतको गुजरातका कांग्रेस नेता हार्दिक पटेलको परिवारले उनी बेपत्ता भएको जनाएको हाे ।
देश द्रोहको मुद्दा लागेका पटेल १८ जनवरीमा प्रहरीले पक्राउ गरेको र त्यसपछि सम्पर्कमा नआएको उनकी पत्नी किन्जलले सार्वजनिक गरेकी हुन् ।
पाटिदार समुदायलाई कोटाको माग गर्दै सन् २०१५ मा भएको आन्दोलनको नेतृत्व गरेका पटेललाई भारत सरकारले देशद्रोहको मुद्दा चलाएको छ । अदालतले उनलाई उक्त मुद्दाको सुनुवाईमा उपस्थित नभएको भन्दै पक्राउका लागि आदेश दिएको थियो ।
प्रकाशित: २८ माघ २०७६ १४:१४ मंगलबार