1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

कंगना अभिनित ‘तेजस’को पहिलो पोस्टर सार्वजनिक

1
1
1
1
1
1
1

काठमाडौँ ।

अभिनेत्री कंगना रनौतको अपकमिङ फिल्म ‘तेजस’को पहिलो पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पहिलो पोस्टरमा कंगनालाई फिचर गरिएको छ ।

उक्त पोस्टरमा कंगना एयरफोर्स पाईलटको रुपमा देखिएकी छिन् । उनी युनिफर्म सहित हातमा हेलमेट लिएर आत्मविश्वास र जोशका साथ अगाडी बढिरहेकी देखिएकी छिन । पोस्टरमा उनको पछाडी एउटा जेट फाईटर पनि देख्न सकिन्छ । फरक फरक क्यारेक्टर पस्कन सिपालु कंगना यसै चलचित्र मार्फत पहिलो पटक पाईलटको रुपमा दर्शकबीच प्रस्तुत हुनेछिन् ।

कंगनाको चलचित्र ‘पंगा’ हालसालै मात्र प्रदर्शनमा आएको थियो । जसमा उनी कबड्डी प्लेयरको भूमिकामा देखिएकी थिइन् । पंगाको प्रोमोशनको बेला नै उनले आफ्नो अपकमिङ फिल्म ‘तेजस’ को बारेमा खुलाएकी थिइन् । त्यति मात्र नभई उनले आफूलाई बच्चैदेखि एयरफोर्समा लगाव भएको र पहिल्यैदेखि एक फौजीको क्यारेक्टर प्ले गर्न चाहेको पनि बताएकी थिइन् ।

यस चलचित्रको लागि कंगनाले स्पेशल ट्रेनिंग लिनेछिन् । उनका लागि चलचित्रका डाईरेक्टरले प्रोफेशनल ट्रेनर समेत हायर गरिसकेको निर्माण टिमले जनाएको छ ।

चलचित्रको निर्देशक सर्वेश मेवाड़ा रहेका छन् भने रानी स्क्रुवाला निर्माता रहेका छन् । चलचित्रको छायांकन जुलाईबाट शुरु हुने निर्माण कम्पनीले सार्वजनिक गरेको छ । तर निर्माण पक्षले अहिलेसम्म चलचित्रको प्रदर्शन मिति भने निश्चित गरेको छैन ।

प्रकाशित: ५ फागुन २०७६ १३:२५ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी