नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छः माधव नेपाल

नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम छः माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालका दलहरुमा आफ्नो कमजोरी देख्ने प्रवृति कम भएको बताएका छन्। नेकपा एसको मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले आफ्नो काम सबै राम्रो भएको दावी गर्ने प्रवृतिले अवस्था विग्रने गरेको बताएका हुन्। 

उनले भने,‘आफ्नो कमजोरीलाई देख्ने प्रवृति कम छ। आफूले सबै राम्रो काम गरेको भनेर प्रस्तुत गर्ने प्रवृति ज्यादा छ। समस्या देखेपछि भाग्ने पन्छाउने व्यवस्था गर्ने र त्यसमा गुजुल्टिँदै जाने र त्यसले क्यान्सरको रुप लिने स्थिति पनि विद्यमान छ। ’

अहिलेको राष्ट्रिय राजनीति र देशको अवस्था कस्तो छ भनेर नियाल्न जरुरी भएको उनको भनाइ छ। अध्यक्ष नेपालले जनताको पीडा र वेदनालाई महसुस गरेर सम्वर्द्धन गर्ने र त्यसलाई उजागर गर्दै समाधान गर्ने कुरामा आफूहरुले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। 

Logo