1
1
1
1
1

0 Shares

साउदी अरेबियामा राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ (भिडियोसहित)

1
1
1
1
1
1

साउदी अरेबिया ।

साउदी अरेबियामा राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ परेका छन् ।

गिरफ्तार गरिएका पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्वयुवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन् । गिरफ्तारी शुक्रवार बिहानै गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले जनाएका छन् ।

पक्राउ परेकामध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व हुन् । पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको विविसीले जनाएको छ । सन् २०१७ मा युवराजले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएपछि राजपरिवारका दर्जनौँ व्यक्तित्वहरू र व्यवसायीहरू रियादस्थित रिज कार्लटन होटेलमा सीमित पारिएका थिए । मोहम्मद बिन सलमानलाई उनका बाबुले सन् २०१६ मा युवराज घोषणा गरेपछि उनी नै खासमा देशका शासक रहँदै आएको मानिन्छ । मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए ।

शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खानतलाशी गरेका द वाल स्ट्रीट जर्नलले लेखेको छ । राजकुमार अहमद बिन अब्दुल अजिज देशका संस्थापक राजा अब्दुल अजिजका जीवित एकमात्र सन्तान थिए । र सत्तासीन परिवारका पाका सदस्यमा प्रिय पात्र थिए ।

अर्का वरिष्ठ राजकुमार मोहम्मद बिन नायेफ अकस्मात् तीन वर्षअगाडि नहटाउँदासम्म राजगद्दीका उत्तराधिकारी थिए । त्यसअघि आन्तरिकमन्त्रीका रूपमा अलकायदा लडाकुलाई सन् २००० ताका परास्त पारेको श्रेय पाएका थिए ।

साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६ मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको अन्तर्रा्ष्ट्रिय स्तरमा प्रशंसा भएको थियो । तर उनी इस्तानबुलस्थित साउदी दुतावासमा भएको साउदी पत्रकार जमाल खशोग्जीको हत्याकाण्ड लगायतमा मुछिएका छन् । हेरौं भिडियोमा :

 

प्रकाशित: २५ फागुन २०७६ ०८:५२ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी