शिक्षासँगै सिपलाई पनि जोडियो भने विद्यार्थीले दु:ख पाउँदैनन्ः प्रिन्सिपल नारायण सिग्देल

शिक्षासँगै सिपलाई पनि जोडियो भने विद्यार्थीले दु:ख पाउँदैनन्ः प्रिन्सिपल नारायण सिग्देल


सुर्खेतकाे जनज्योति माध्यमिक विद्यालय २०२९ सालमा स्थापना भएको विद्यालय हो। सिटीईभिटी अन्तर्गत १८ महिने कृषि भेटेरिनरी प्रि-डिप्लोमा जेटीए र ३ वर्षे कृषि र भेटेरिनरी प्रि-डिप्लोमाका कार्यक्रमहरु संचालनमा रहेको छ। उक्त विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम संचालन गर्दै आएको छ। विद्यालयले व्यावहारिक शिक्षासँगै पढ्दै कमाउँदै कार्यक्रम संचालन गर्दै आएको छ।

यस संस्थामा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयले नै रोजगारी सृजना गर्ने गर्दछन्। जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलसँग गुणस्तरीय शिक्षा, व्यवहारिक ज्ञान, पठनपाठन शैली कस्तो छ ? अबको दिनमा विद्यार्थीलाई पढाईसंगै सिपमा कसरी जोड्ने जस्ता विषयमा आधारित रहेर केन्द्रबिन्दु शिक्षा संवादमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-

जनज्योति माध्यमिक विद्यालय कस्तो विद्यालय हो ? सामुदायिक विद्यालय भएर पनि अब्बल देखिन्छ खासमा यो  विद्यालयमा के छ यस्तो?

-विशेषगरी हाम्रो विद्यालयमा पढ्दै कमाउँदै भन्ने शिर्षकलाई लिएर अलि बढि फोकस गर्छाैँ। हामी शिशुदेखि १२ कक्षासम्म स्यालरि शिक्षा पढाउँछौँ भने सिटीईभिटीको १८ महिने कृषि भेटेनरी पनि पढाउछौँ। विद्यार्थीहरूलाई के भन्छौँ त भन्दा सानैबाट सिक्नुपर्छ, सिकेपछि गरेर खान सकिन्छ भन्ने कुरा सिकाइरहेका हुन्छौँ।

स्याङजा, तनहुँ, दैलेखतिर जाने हाे भने त्यहाँ सुन्तला फल्छ, तर त्याे बजारमा आउने सुन्तला हाम्राे १० दिनलाई पुग्दैन र त्यहाँकाे जमिन बाँझाे छ, त्यही किसिमकाे पढाई गर्दिनुभयाे भने सधैँ उसले विक्री हुने शिक्षा पाउँथ्याे।

भोलि जे बन्दै गर्ने त्यो कुरा सानैदेखि अभ्यास गर्दै जानुपर्छ भन्ने बढि नै फोकस हुन्छ। र पैसा छैन भने पढ्न आउनु अनि कमाएर तिरौँला किन भने पाखुरामा बल छ त्यो श्रम बजारमा बेच्नुपर्छ। त्यो बेच्ने  ठाउँ स्कुलले  बनाएको  छ।

१५ सय  भन्दा बढी  कुखुरा अटाउने खोर छ, ५० भन्दा बढी बङ्गुर अटाउने बङ्गुर खोर छ, एक बिघा माछा पोखरी छ। जडीबुटी प्रसोधन केन्द्र र कुखुरा कोरल्ने कोर्ने तथा बाख्रा पालनसमेत रहेको छ।

च्याउ घर, तरकारीका टर्नेलहरू जडीबुटी  खेतीगर्ने कुराहरू अनि कसले के गर्ने भन्ने कुराहरू व्यवस्थापन गरेका छौँ । र विद्यार्थीले सानो मात्रामा सिक्छ र ठुलो मात्रामा गर्न सक्ने भएपछि विद्यालयबाट बाहिर जान्छ र गरेर खान्छ भन्ने उदेश्य रहेकाले ४ र ५ को बच्चाहरूलाई समेत नानीबाबु  के गर्दैछौँ भन्दा उनीहरूले कुखुरा पालेको छु, कसैले सिजन अनुसारको  तरकारी  लगाएको छु भन्छन्।

त्यो  भन्नुको  अर्थ के भन्दा उ अब व्यस्त छ। आमाबुवाले कहिलेकाहीँ बच्चाहरूको पढाइ बिग्रिन्छ भन्नु हुन्छ त्यसको  पनि एउटा मन्त्र बनाइदिएका छौँ । ६ घण्टा स्कुलमा पढ्नुस्, ६ घण्टा घर गएर पनि पढ्नुस्, ६ घण्टा सुत्नुस्, ६ घण्टा पब्जि खेल्नु भन्दा सब्जी खेल्नुस्। किनभने यो देशले ४३ अरब  भन्दा बढिको तरकारी किनेर खान्छ त्यो पनि  विष हालेको खान्छ। २० लाख भन्दा बढि विगा जमिन बाँझो छ। साँढे ३ खर्बको कृषिजन्य वस्तु किनेर खान्छौँ।

यसलाई रोक्नको लागि उत्पादनमा गएर श्रम बेच्नु भयो भने भोक्कै मर्नु पर्देन काम खोज्न बाहिर जानु पर्दैन भनेको हुनाले अभिभावले  नि पत्याउनु भएको छ र बच्चाहरूले नि पत्याउनु भएको छ।  

तपाईंको विद्यालयमा कम्तिमा १३ सय विद्यार्थीहरू पठ्नपाठ्न गरिरहेका छन्, ११-१२ मा मात्र २ सय बढी विद्यार्थीहरू छन्, विद्यार्थीहरू कसरी आर्कषण छन् ? त्यस्तै, के  स्कुल सदरमुकाम नजिकै भएर आकर्षित भएका हुन् की ?

-सदरमुकाम नजिकै छैन। सदरमुकामबाट हामी ३० किलोमिटर पश्चिममा छौँ, हाम्रोमा खास आकर्षण भनेको ३ वर्षे कृषि भेटेरिनरी र १८ महिने कृषि भेटेरिनरी जसमा सुर्खेत जिल्लाका मात्र नभई अन्य  २१-२२ जिल्लाका विद्यार्थीहरू पढ्छन्। उनीहरू आउनुको खास कारण के हो भन्दा त त्यहाँ गएपछि गरेर तथा सिकेर पढ्न पाइन्छ।

पैसा नभए पनि  विद्यालयले लोन दिन्छ र  पछि  त्यो  लोन बाफत गरेको  कामले  फाइदा भएको पैसा विद्यार्थीले विद्यालयलाई दिन्छ र बाँकी पैसा आफैंले  प्रयोग गर्छ त्यसैले  विद्यार्थीको राेजाईमा पर्नुको खास कारण नै यहि हो जस्तो लाग्छ।

काममा मात्र बढि समय विद्यार्थीहरू हुँदा पढाइमा कसरी ध्यान दिन सक्छ ?

-पढ्नकाे लागि आइसकेपछि आफूले गर्न खाेजेकाे विधामा हामी लाेन दिन्छाैँ त्याे लाेन पनि कुखुरा पाल्नेमा गयाे भने कुखुरा पाल्ने सरले उसकाे खाेर ठिक छ,उसकाे याेजना ठिक छ, त्याे पनि थाेरै मात्रामा सिकाउँछाैँ। जुन भाइबहिनीहरूले राम्राे गरिरहेकाे छ उनीहरूकाे नंम्बर बढी राम्राे आएकाे छ।   

याे सरकारले सामुदायिक विद्यालयलाई अलिकति समानान्तर रूपमा लैजान नसकेकाे हाे की निजी  विद्यालयहरू साँच्चिकै राम्रा छन्?

-दुईटा कुरा छन्,एउटा कुरा विद्यालय सबै राम्रा छन्। र सबै विद्यार्थीहरूले एउटै बिषय पढ्ने पनि हाेइनन्, फरकफरक  बिषयहरू पढाउनुपर्छ।उदाहरणका लागी स्याङजा,तनहुँ,दैलेखतिर जाने हाे भने त्यहाँ सुन्तला फल्छ,तर त्याे बजारमा आउने सुन्तला हाम्राे १० दिनलाई पुग्दैन र त्यहाँकाे जमिन बाँझाे छ, त्यही किसीमकाे पढाई गर्दिनु भयाे भने सधैँ उसले बिक्री हुने शिक्षा पाउँथ्याे।

सबैकुरा फल्ने भूमि हामीसँग भएकाले हामी कहिले गरिब हुन सक्दैनाैँ। तर सरकारले के गर्नुपर्छ भन्दा खेरि सबै मन्छेले काम  पाउने व्यवस्था गर्नुपर्छ। 

अर्काे पाटाे भनेकाे तपाईं पनि मैले एउटा मेराे हाेटेल थापेकाे छु तर मैले खाना खाने बेलामा अरूलाई खाना खान आउ भन्ने ,तर म खानलाई अर्काे हाेटेल गयाे भने मेराे हाेटेलकाे खाना कहिलेसम्म बिक्री हुने भन्ने कुरा हाे। अहिले अधिकांश सरकारी स्कुलहरू भनेकाे सरकारी मान्छेहरूले नपढाउने स्कुल बनेका कारणले त्याे भनेकाे  एउटा हाेटेल हाे अर्थात सेवा बेच्ने हाे।

त्याे  सेवा अरूलाई प्रयाेग गर भन्ने तर आफू त्यस्ताे सेवा लिनलाई अर्काे ठाउँमा जाने भएकाले सरकारी स्कुलप्रति विश्वास घटेकाे हाे। त्यसैले हामी  जुन सेवा बेचिरहेका छाैँ, त्याे सेवा आफू र आफ्नाे परिवारलाई समेत प्रयाेग गराउन सक्नुपर्छ।

अर्काे कुरा भनेकाे अहिलेकाे अभिभावक गर्ने भन्दा नि पढ्ने कुरामा विश्वास गरिरहेकाे हुन्छ।अभिभावकले पनि मेराे छाेराछाेरी पढिसके पछि भाेलि काम पाउँछ कि पाउँदैन्, श्रम बजारमा बिक्छ की बिक्दैन त्याे कुरा ख्याल गर्नुपर्ने हुन्छ।  

सरकारले दिने गरेकाे याे दिवा खाजामा सामुदायिक विद्यालयहरू कतिकाे सन्तुष्ट छन् ?

पुर्याउन त सकिँदैन तर नहुनु भन्दा भएकै राम्राे हाे। १५ रूपैयाँले गाउँकै वस्तु प्रयाेगमा ल्याउने हाे भने  त्याे  थाेरै भए पनि पुग्छ। खाली पेट हुनुभन्दा त थाेरै खाँदा नि राम्रै हुन्छ। 

पढ्नकाे लागि आइसकेपछि आफूले गर्न खाेजेकाे विधामा हामी लाेन दिन्छाैँ त्याे लाेन पनि कुखुरा पाल्नेमा गयाे भने कुखुरा पाल्ने सरले उसकाे खाेर ठिक छ,उसकाे याेजना ठिक छ, त्याे पनि सिकाउँछाैँ।

तपाईंहरूकाे याे जुन जिल्ला छ, त्याे विकट पनि हाेइन र त्यति राम्राेसँग सहज पनि भएकाे छैन, सरकारले याे जिल्लासँगै प्रदेशलाई नै कसरी हेर्दियाे भने अझै  शिक्षा कसरी अगाडि बढाउन सकिन्थ्याे?

-दुरीका हिसावले विरेन्द्रनगरबाट ३० किमी टाढा छाैँ, विकासका हिसावले बिजुली बत्ती पुगेकाे १-२ मात्र वर्ष भयाे,कर्णाली प्रदेश एकदमै सुनकाे डल्लाे जस्तै छ। सबैकुरा फल्ने भूमि हामीसँग भएकाले हामी कहिले गरिब हुन सक्दैनाैँ। तर सरकारले  के गर्नुपर्छ भन्दा सबै मन्छेले काम पाउने व्यवस्था गर्नुपर्छ।

 

Logo