सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो

सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो


सेयर बजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अंकमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से सूचक बढे पनि कारोबार रकम भने अझै सुस्त नै छ । बजारमा एकातिर लाभांश सिजन चलिरहेको छ भने अर्कोतिर प्रमुख चाडपर्व पनि नजिकिएको छ । चाडपर्व र लाभांश वितरण हुने बेलामा सेयर बजारमा विशेष चहलपहल बढ्नुपर्ने अपेक्षा गरिएको छ । तर अहिलेसम्म त्यस्तो हुन भने सकेको छैन । 

चाडपर्वका बेला रेमिटेन्स बढी आउँछ । बजारमा कारोबार बढ्ने हुँदा अर्थतन्त्र पनि थप चलायमान हुन्छ । तर अहिलेसम्म बजारमा यसको उत्साह देखिएको छैन । वर्ष दिनको कमाईबाट सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेका हुन्छन् ।

बजारको आगामी यात्रा भने नीतिगत सुधार, बैंक ब्याजदर तथा लगानीकर्ताको मनोबल कस्तो रहन्छ, त्यसैमा निर्भर हुने देखिन्छ । अल्पकालमा बजारमा उतारचढाव आउन सक्छ तर मध्यकालीन र दीर्घकालीन अवधिका लागि भने नीतिगत सुधार र ब्याजदर नै प्रमुख विषय हुनेछन् । समग्रमा लगानीकर्ताले निश्चित योजना बनाएर लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।

Logo