1
0
Shares

आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै

1
1
1

काठमाडौं ।

आज अन्तर्राष्ट्रिय खुसी दिवस हो । हरेकवर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवसको रुपमा मनाइने गरिएको छ । नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।

यसवर्ष ‘ह्याप्पिनेस फर अल टुगेदर’ अर्थात् सबैका लागि खुसी, सँगै भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । खुसी आफैभित्र छ, तर मानिसले यसलाई बुझ्न सकिरहेको छैन भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

यस्तै आज विश्व मुख स्वास्थ्य दिवस पनि हो । मुख स्वास्थ्यका लागि एकजुट, भन्ने नाराका साथ आज यो दिवस मनाइँदैछ । मुखभित्रको स्वास्थ्यलाई जोड दिँदै यो दिवस मनाउन थालिएको बताइएको छ।

प्रकाशित: ७ चैत २०७६ ०९:५५ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी