दसैंमा घर जान पैसा नहुँदा बुबासँग ‘मेरो काम छ’ भनेर झुट बोलेको थिएँ -दीपाश्री निरौला [भिडियाे]

दसैंमा घर जान पैसा नहुँदा बुबासँग ‘मेरो काम छ’ भनेर झुट बोलेको थिएँ -दीपाश्री निरौला [भिडियाे]


दीपाश्री निरौला नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयकी चर्चित निर्देशक तथा अभिनेत्रीको रुपमा परिचित छिन् । रेडियो नाटकबाट अभिनय यात्रा सुरु गरेकी उनी हाल नेपाली चलचित्र क्षेत्रमा ख्यातिप्राप्त अभिनेत्री, व्यवसायिक रुपमा सफल निर्देशक बनेकी छिन् ।

उनै दिपाश्री निरौलासँग हामीले यसपालीको दसैं र विगतका दसैंको स्मरणलाई लिएर कुराकानी गरेका छौँ । अहिले अभिनय र व्यवसायीक दुवै रुपमा सफल भएकी दीपाश्री सँग कलाकारिताको सुरुवाती दिनहरुमा पैसा नहुँदा दसैंमा घर जान नपाएको अनुभव पनि छन्।

उनी भन्छिन्- ‘दसैं मलाई मनपर्ने चाड हो, हरेक वर्षको दसैंमा घर विराटनगरमा जाने गर्छु। तर मैले एकवर्ष दसैंमा घर जान पैसा नभएसी बुबासँग मेरो काम छ, आउन पाँउदिन भनेर झुट बोलेको थिए। त्यो कुरा थाहा पाएपछि बुबाले धेरै मन दुखाउनु भएको थियो। अहिले  पनि त्यो घटना सम्झेर आँखा रसाउँछ। त्यसैले म जतिसुकै व्यस्त भएपनि दसैंमा सधैं विराटनगर जान्छु।’

दीपाश्री निरौलासँग दसैंका तीता अनुभवमात्र छैनन् । उनी बाल्यकालका दसैं सम्झिँदा अहिलेपनि मन खुसी हुने बताउँछिन्। दसैंमा उनलाई, पिङ, चङ्गा, आर्शिवाद, आफन्तसँगको जमघट र देवीहरुको मन्दिर दर्शनमा जान निकै मनपर्छ। साथै दीपाश्रीलाई अहिलेसम्मपनि दसैंमा मामाघरमा दिने दक्षिणा र आर्शिवाद खास लाग्छ। यसवर्षको दसैंपनि उनले विराटनगरमै मनाउने विचार गरेकी छिन्।

याे समाचारकाे भिडियाेका लागि यस लि‌ंकमा क्लिक गर्नुहाेस्

Logo