४ जेठ २०७९ बुधबार
1
1
1
1

0 Shares

कोरोना प्रभाव : पोल्यान्डमा बच्चालाई जन्म दिएपछि आमाको मृत्यु

1
1
1
1
1
1

पोल्यान्ड ।

पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ ।

विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ ।

ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरस संक्रमण भएको मानिएको छ । उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ ।

पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् ।रासस/एएनआई

प्रकाशित: ९ चैत २०७६ ०९:४० आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी