६ माघ २०७८ बिहीबार

0 Shares

डब्लूएचओले भन्यो, 'युवा पनि कोरोनाको उच्च जोखिममा'

काठमाडौं ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले युवाहरूमा पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँगको भेटघाट र कुराकानीमा सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन, टेड्रोसले भने, ‘उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन् ।’ यसअघि बालबालिका र बृद्धबृद्धालाई वढी जोखिम रहने बताइएको भएपनि अहिले यसबाट कोहि पनि अछुतो रहन नसक्ने बताइएको छ ।

हालसम्म विश्वका १८८ मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणका कारण विभिन्न मुलुकका १३ हजार ४८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित: ९ चैत २०७६ १०:४३ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी