1
1

0 Shares

विश्व बैंकद्वारा ऋणको किस्ता तिर्ने म्याद सार्न आग्रह

1
1
1

काठमाडौँ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएप) ले विकासशील तथा गरिब देशहरुलाई ऋणको किस्ता तिर्ने म्याद पर सार्न आग्रह गरेका छन् ।

विश्व बैंक तथा आइएमएमले विश्वका धनी मुलुकहरुलाई विकासशील र गरिब मुलुकलाई उपलब्ध गराएको ऋणको किस्ता तिर्ने म्याद पर सार्न आग्रह गरेका हुन् ।

विश्व बैंक र आइएमएफले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणसँग लडिरहेका विश्वका ती विकासशील र गरिब मुलुकहरुलाई सहज होस् भन्ने उद्देश्यले प्रेस विज्ञप्तीमार्फत यस्तो आग्रह गरेका हुन् ।

विश्व बैंक र आइएमएफको संयुक्त सो बिज्ञप्तीमा जि ट्वान्टी देशका नेताहरुलाई गरिव तथा अस्थिर कर्जा अवस्था रहेका देशहरुको पहिचान गरी त्यस्ता मुलुकहरुलाई सहयोग गर्न भनिएको छ ।

प्रकाशित: १३ चैत २०७६ १४:२२ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी