१३ मंसिर २०७८ सोमबार

0 Shares

विश्वमा ५३ हजार १९८ को मृत्यु ,१० लाख १५ हजार ५३१ सङक्रमित

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार १९८ पुगेको छ । पछिल्लो विवरण अनुसार संंसारभरि १० लाख १५ हजार ५३१ जना सङक्रमित कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको छ ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

इटालीमा १ लाख १५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, १३ हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ जना निको भएर फर्किएका छन् । स्पेनमा १ लाख १२ हजार ६५ जना कुल सङ्क्रमित भएका छन् भने, १० हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ जना निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २ लाख ४५ हजार ४७ कुल सङ्क्रमित भएका छन् भने, करिव ६ हजारको मृत्यु भएको छ ।यसैबीच ९ हजार ९० जना निको भएर फर्किएका छन् । फ्रान्समा ५९ हजार ९२९ कुल सङ्क्रमित भएका छन् भने, ५ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच १२ हजार ५३८ निको भएर फर्किएका छन् ।

चीनमा ८२ हजार ४३७ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ५६६ निको भएर फर्किएका छन् । इरानमा ५० हजार ४६८ जना कुल सङ्क्रमित भएका छन् भने, ३ हजार १६० को मृत्यु भएको छ । यसैबीच १६ हजार ४११ निको भएर फर्किएका छन् ।

बेलायतमा ३४ हजार १७३ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ९२१ को मृत्यु भएको छ । यसैबीच १९२ निको भएर फर्किएका छन् । नेदरल्यान्ड्समा १४ हजार ७८८ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ३३९ को मृत्यु भएको छ । यसैबीच २६० जना निको भएर फर्किएका छन् ।

जर्मनीमा ८४ हजार ७९४ कुल संक्रमित भएका छन् भने, १ हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् । बेल्जियममा १५ हजार ३४८ कुल सङ्क्रमित भएका छन् भने, १ हजार ११ को मृत्यु भएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् ।रासस

प्रकाशित: २१ चैत २०७६ ०८:५८ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी