रवि लामिछानेकाे आरोप- गृहमन्त्रीलाई प्रमाण दिएँ, तर सुन तस्करहरुकै संरक्षण गरे

रवि लामिछानेकाे आरोप- गृहमन्त्रीलाई प्रमाण दिएँ, तर सुन तस्करहरुकै संरक्षण गरे


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं सुन तस्करको संरक्षणमा लागेको आरोप लगाएका छन्। 

चितवनको नारायणगढमा सोमबार बिहान पत्रकारहरुसँग बोल्दै सभापति लामिछानेले गृहमन्त्री श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको आरोप लगाएका हुन् । 

'मैले कुन सूचना कहाँ दिने भन्ने ध्यान र ज्ञान राख्नुपर्छ। मैले गृहमन्त्रीज्यूलाई गएर नै तपाईँको निकटमा रहेको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ। झलकराम अधिकारी उहाँको संलग्नता देखिएको छ, उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके यो यो सामानमा सुन आयो है भन्दै पठाउनुभएको छ। अहिले छानबिनको लागि जहाँ गएर छापा मारियो ।' उनले भने, 'यी सामान छ कि छैन हेर्नुस्। केके सामान गएका छन्। यो काम कसले गर्‍यो झलकराम सुवेदीले गर्नुभयो। उहाँ गृहमन्त्रीको नजिकको मान्छे। उहाँलाई यो मोड्नुपर्‍यो, राजस्व अनुसन्धानले त राम्रो काम गरेको थियो। मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर यी सब चिज देखाए उहाँलाई त गज्जब भयो। उहाँले कारबाही गर्नुहोला भनेको त । गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि।'

साथै सभापति लामिछानेले गठबन्धन सरकारमा सामेल हुने रेसमा आफू नरहेको पनि बताएका छन् । 'अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।'

Logo