पूर्वसदस्य पोखरेलको निधनप्रति मानवअधिकार आयोगद्वारा शोक व्यक्त

पूर्वसदस्य पोखरेलको निधनप्रति मानवअधिकार आयोगद्वारा शोक व्यक्त


राष्ट्रिय मानवअधिकार आयोगले आयोगका पूर्वसदस्य एवं वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ ।

पोखरेल २०६२ जेठ १३ देखि २०६३ असार २५ सम्म आयोगको सदस्य थिए । 

उनको सोमबार काठमाडौँमा भएको निधन भएको थियो । पोखरेलको असामयिक तथा दुःखद निधनप्रति गहिरो शोक व्यक्त गर्दै आयोगले यस दुःखद घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै स्व. पोखरेलको सम्मान र सम्झनामा आयोगमा उनको तस्वीरसहित १३ दिनसम्म शोक पुस्तिका राख्ने तथा तेह्रौँ दिनको दिन श्रद्धाञ्जली सभा आयोजना गर्ने जनाएका छन् ।

Logo