टेस्लालाई उछिन्न खोज्दै बीवाइडी

टेस्लालाई उछिन्न खोज्दै बीवाइडी


चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले अमेरिकी प्रतिस्पर्धी कम्पनी टेस्लाले भन्दा धेरै विद्युतीय कार बेचेको छ। दुई कम्पनीबीच विश्वको ईभी बजारको शीर्ष स्थानमा को रहने भन्ने होडबाजी चलिरहँदा यस्तो त्रैमासिक तथ्याङ्क बाहिरिएको हो।

सन् २०२३ को अन्तिम तीन महिनामा बीवाईडीले संसारभरमा ब्याट्रीबाट मात्रै चल्ने ५ लाख २६ हजार ४०९ थान कार बेचेको छ । यही अवधिमा टेस्लाले भने ४ लाख ८४ हजार ५०७ युनिट कार बेचेको छ। यद्यपि यो पहिले भन्दा २० प्रतिशत बढी कार बिक्री हो । यो श्रेणीमा बीवाइडीले टेस्लालाई उछिनेको यो पहिलो त्रैमास हो।

 

तर, २०२३ भर बीवाईडीले भन्दा टेस्लाले धेरै विद्युतीय कार बेचेको छ। अक्टोबर–डिसेम्बर त्रैमासमा कम्पनीले ४ लाख ८४ हजार ५०० थान विद्युतीय कार बेचेको टेस्लाले मंगलबार बताएको थियो। वर्षभर भने कम्पनीले १८ लाख थान विद्युतीय कार बेचेको छ। यता, वर्षमा बीवाईडीले भने विद्युतीय र हाइब्रिड दुवै गरेर ३० लाख थान कार बेचेको छ। कम्पनीले बेचेको कूलमध्ये १६ लाख थान कार विद्युतीय थिए ।

गत ८ वर्ष देखि नै बीवाईडी प्रमुख ईभी निर्माता कम्पनी बनेको छ। सन् २०१५ मा निसान लिफलाई पछि पारेर टेस्लाले यो स्थान हासिल गरेको थियो। जसमा टेस्लाले इभी मात्र बिक्री गर्छ भने बीवाइडीले हाइब्रिड पनि बिक्री गर्छ। त्यसैले इभी मात्र बिक्री अहिले पनि बीवाइडीको २०२३ मा १६ लाख युनिट मात्र छ । तर टेस्लाले भने १८ लाख युनिट बिक्री गरेको अनुमान गरिएको छ। 

बीवाइडीका प्रमुख कार्यकारी वाङ चुआनफुले सन् १९९५ मा सेन्जेनमा प्लान्ट राखेका थिए। कम्पनीले स्मार्टफोन, ल्यापटप र अन्य इलेक्ट्रोनिक्समा प्रयोग हुने रिचार्जेबल ब्याट्रीहरूको निर्माताको रूपमा आफ्नो नाम बनाएकाे छ।

Logo