‘भूमि फिर्ता ल्याउने प्रक्रियामा पनि कांग्रेसको साथ रहन्छ’ : देउवा

‘भूमि फिर्ता ल्याउने प्रक्रियामा पनि कांग्रेसको साथ रहन्छ’ : देउवा


काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक रूपमा नेपालको जमिन फिर्ता ल्याउने प्रक्रियामा पनि नेपाली कांग्रेसको सहयोग रहने बताएका छन् ।

संविधान संशोधनमा कांग्रेसले जुन सहयोग गरेको छ, यो सहयोग भूमि फिर्ता ल्याउने क्रममा पनि रहन्छ, उनले भने, “कालीनदीको पूर्वी भाग नेपालको भूभाग हो भन्ने स्पष्ट छ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै देउवाले संविधान संशोधनमा प्रतिपक्षी दलको तर्फबाट पूर्ण सहयोग रहने बताएका हुन् । सरकारले जारी गरेको नेपालको नयाँ नक्शा अनुसार निशान छाप परिमार्जनको लागि आज दोस्रो पटक नेपालको संविधान संशोधन हुँदैछ ।

Logo