1
1
1
1
1

0 Shares

जापानमा राष्ट्रव्यापी सङ्कटकाल मे ३१ सम्मका लागि थप

1
1
1
1
1
1

टोकियो ।

जापानमा कोरोना भाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ ।

जापानमा गत महिना (अप्रिल ७) देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय सङ्कटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो । मङ्गलबारदेखि समाप्त हुनै लाग्दा पुनः सङ्कटकाल लम्व्याउने सूचना आएको हो ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकारी कार्यदलको बैठकमा उक्त घोषणा गरेका हुन् । “मैले सरकारी अधिकारी, सार्वजनिक तथा निजी क्षेत्रको समेत सुझाब अनुसार आगामी अप्रिल ७ देखि मे ३१ सम्मका लागि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको छु,” आवेले बैठकमा भने।

उनले भने, “सबै प्रशासनिक क्षेत्रमा यो लागु हुनेछ र सङ्कटकालको पूर्व घोषणामा व्यवस्था भएका कुनै पनि बिषयलाई अर्को सूचना नभएसम्म खुकुलो पारिने छैन ।”

उनले नागरिकलाई उक्त समय आफू रहेको क्षेत्रबाट अन्य स्थानमा यात्रामा नजान र भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने सम्भावनालाई कम गर्न पुनः आग्रह गरेका छन् । भाइरस सङ्क्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३ वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

सङ्कटकाल लम्व्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो । सरकारले उक्त निर्णयलाई पछि संसदलाई जानकारी गराएको छ ।रासस

प्रकाशित: २३ बैशाख २०७७ ०७:४२ मंगलबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी