१४ माघ २०७८ शुक्रबार

0 Shares

डब्लूएचओले कोरोना उपचारमा प्रयोग गरिएको हाइड्रोक्सीक्लोरोक्वीन रोक्यो

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हाल कोरोनाको उपचारका लागि प्रयोग गरिरहेको हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगलाई रोकेको छ । यस औषधीको साइड इफेक्टको आधारमा विश्व स्वास्थ्य संगठनले यसलाई रोक्ने निर्णय गरेको हो । डब्लूएचओका प्रमुख टेड्रस गेब्रियसका अनुसार गत हप्ता मेडिकल जर्नल ल्यान्सेटमा गरिएको एक अध्ययनमा कोरोनाका बिरामीहरुलाई हाइड्रोक्सीक्लोरोक्वीन दिएमा उनीहरुको मृत्यु हुने खतरा बढी देखिएको छ ।

गेब्रियसका अनुसार विश्वभरका सयौं अस्पतालहरुले कोरोना बिरामीहरुलाई सावधानीको रुपमा हाइड्रोक्सीक्लोरोक्वीन दिन बन्द गरेका छन् । यस बाहेक अन्य परीक्षणहरु पनि भइरहेको छ । डेटा सेफ्टी मर्निटरिङ बोर्डले यस डाटाको समीक्षा गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति स्वयं हाइड्रोक्सीक्लोरोक्वीन लिदै

हाइड्रोक्सीक्लोरोक्वीन प्रायः जोर्नीशोथ भएका बिरामीहरुलाई दिइन्छ । तर, धेरै देशहरुले यो औषधी कोरोना भाइरस रोक्न मद्दत पु¥याउने विश्वास गर्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भनेका थिए ‘म आफंैले हाइड्रोक्सीक्लोरोक्वीन लिइरहेको छु’ । गत महिना ट्रम्पले भारतबाट हाइड्रोक्सीक्लोरोक्वीन मगाएका थिए । यस पछि यो औषधी धेरै देशहरुले नयाँ आशा प्रदान गर्ने विश्वासमा खरिद गर्न थालेका थिए । भारतले यो औषधी अमेरिका, ब्राजिल, इजरायल लगायतका धेरै देशहरुमा पठाएको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोनाको हल्का लक्षण भएका बिरामीहरुलाई हाइड्रोक्सीक्लोरोक्वीन र मलेरियाको औषधी क्लोरोक्विन प्रयोग गरेका छन् ।

ल्यान्सेटको अध्ययनका अनुसार, यी दुवै औषधीहरुले गम्भिर साइड इफेक्ट गर्ने बताएको छ । विशेष गरी मुटुको धड्कन असामान्य हुन सक्छ । कोरोना बिरामीहरुलाई यी औषधीहरुबाट फाइदा नहुने बताएको छ । ल्यान्सेट अध्ययनले सयौं अस्पतालहरुमा भर्ना भएका ९६ हजार बिरामीहरुको रेकर्डको आधारमा यो रिपोर्ट तयार पारेको हो ।

के हो हाइड्रोक्सीक्लोरोक्वीन ?

मलेरिया (औलो) रोगका बिरामीहरुलाई हाइड्रोक्सीक्लोरोक्वीनको उपचार गरिन्छ । यो औषधी रुमेटोइड आर्थिराइटिस र लुपुसमा पनि प्रयोग गरिन्छ ।

हाइड्रोक्सीक्लोरोक्वीलाई किन कोरोना भाइरसको औषधी मानियो ?

एक प्रयोगशालाको अध्ययनका अनुसार क्लोरोक्वीनले कोरोना भाइरसलाई शरीरमा उपस्थित कोषहरुमा प्रवेश गर्नबाट रोक्न सक्ने बताएको थियो । चीन र फ्रान्सका चिकित्सकहरुले एक रिपोर्ट बनाएका थिए, जसमा एन्टिबायोटिक एजिथ्रोमाइसिनसँग मिलेर हाइड्रोजाइक्लोरोक्वीन उपचारमा राम्रो परिणाम देखाएको थियो । धेरै व्यक्तिहरुमा गरिएको अनुसन्धानले यस औषधीको उपयोगिता प्रमाणित गरेको थियो ।

यसरी कोरोना भाइरसको कुनै औषधी नभएका कारण अस्पतालहरुले बिरामीहरुलाई हाइड्रोक्सीक्लोरोक्वीन दिइरहेका थिए । तर, अन्वेषकहरुले यस औषधी कोरोना विरुद्ध लड्न प्रभावशाली छ कि छैन भनेर अध्ययन भने गरिरहेको बताएका थिए । साथै यो औषधी मुटु, आँखा, कलेजो र मिर्गौला रोग जस्ता बिरामी भएका व्यक्तिहरुलाई घातक हुन सक्ने पनि बताएका थिए ।

प्रकाशित: १३ जेठ २०७७ १५:२३ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी