काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट निम्तिएको समस्या समाधान गर्न एसियाली विकास बैंक(एडिबी)ले नेपाललाई तत्काल ३० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अन्तर्राष्ट्रिय दातृ निकायहरुको राम्रो प्रतिक्रिया आएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले एडिबीले नेपाललाई तत्काल सो सहयोग गर्न लागेको बताएका छन् । अर्थमन्त्री खतिवडाले बजेटबारे संसदमा जारी छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै एडिबीसँग आजै बिहान अर्थ मन्त्रालयले एडिबीसँग सहयोगका लागि सम्झौता गरेको बताएका हुन् । त्यसैगरी विश्व बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंकले एआइबीले पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
वित्त आयोगले दिएको सुझाव अनुसार नै कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशतको हाराहारीमै आन्तरिक ऋण उठाउने तथा आन्तरिक ऋण उठाउँदा निजी क्षेत्रमा जाने कर्जालाई विस्थापित नहुने तथा निजी क्षेत्रका लागि प्रवाह हुने कर्जा कम नहोस् भनेर बैंक तथा वित्तीय संस्थाहरुलाई पनि अरु उपकरणहरु दिएर बजारबाट आन्तरिक ऋण उठाउने तयारीमा सरकार रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।
प्रकाशित: १९ जेठ २०७७ १४:१७ सोमबार