१३ मंसिर २०७८ सोमबार

0 Shares

चीनमा फेरि देखिए कोरोना संक्रमित, ६६ जनामा सङ्क्रमण पुष्टि

बेइजिङ ।

चीनमा कोरोना भाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिए पनि अहिले पहिलो पटक एकै पटक धेरै जना सङ्क्रमित भेटिएका हुन् । राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै सङ्क्रमित एकैपटक देखिएको उनीहरुको भनाई छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५७ जना पूर्ण रुपमा सङ्क्रमित भएका छन् भने अरु नौ जना सङ्क्रमणको पूर्वअवस्थामा रहेका छन् ।

सङ्क्रमितमध्ये ३८ जना आन्तरिक रुपमा सरेर सङ्क्रमित भएको पाइएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले अरु १०३ जनालाई पनि शंकास्पद मानेर क्वारेन्टाइनमा राखिएको बताएका छन् ।

आन्तरिक रुपमा सरेर सङ्क्रमित ३८ जना मध्ये ३६ जना बेइजिङका रहेका छन् भने अरु दुई जना लिओनिङ प्रान्तका रहेका छन् । पछिल्ला केही दिनमा बेइजिङमा मात्रै ४६ जना सङ्क्रमित भेटिएका छन् । यसलाई सरकारी अधिकारीहरुले आश्चर्यजनक मानेका छन् ।रासस/पिटिआई

प्रकाशित: १ असार २०७७ ०८:०८ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी