1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच भिडन्त, तीन जनाको मृत्यु

1
1
1
1
1
1
1

काठमाडौं ।
चीन र भारतका सेनाबीच लद्दाखमा भिडन्त भएको छ । भिडन्तमा एक अधिकृत र दुई जवानसहित तीन जना भारतीय सैनिकको मृत्यु भएको छ ।

बीबीसीले उल्लेख गरे अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षबीच झडप भएको हो । लद्दाख क्षेत्रमा विगत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी रहेका बेला गएराति भिडन्त भएको हो ।

गलवान चीन र भारतको सीमा रेखाको क्षेत्र हो । यहाँ दुवै पक्षबीच सन् १९७५ देखि तनाब रहे पनि झडपमा भारतीय सेनाको ज्यान गएको यो पहिलो पटक हो । त्यस यता थुप्रै चरणका वार्ता भए तर पनि तनाव भने कायमै रहेको छ ।

प्रकाशित: २ असार २०७७ १३:५८ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी