1
0
Shares

चिनियाँ सेनासँग भिडन्त भएको लद्दाखमा किन पुगे भारतीय सेना प्रमुख ?

1
1
1

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने बुधबार सीमा क्षेत्र लद्दाख पुगेका छन् ।

सेना प्रमुख नरभानेले लद्दाखको फरवार्ड चौकीको भ्रमण गरेका हुन् । भ्रमणको क्रममा सेना प्रमुखले गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तको सामना गर्ने सैनिकलाई प्रशंसा पत्रले सम्मानित गरेका छन् । उनले सङ्घर्षमा घाइते भएका सैनिकसँग पनि भेट गरेका छन् ।

त्यस्तै नरभानेले सीमा क्षेत्रमा भइरहेको तयारीको बारेमा जानकारी लिएका छन् ।

गत जुन १५ मा चीनको पिपुल्स लिबरेशन आर्मीसँगको हिंसक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो । झडपपछि भारत-चीन सीमाक्षेत्रमा तनाव बढेको छ ।

प्रकाशित: १० असार २०७७ १५:३६ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी