1
1
1
1
1
0
Shares

विचित्र संसार : पिङ्क रंगमै रमेकी यास्मीन, जसलाई अरु रंग मनै पर्दैन

1
1
1
1
1
1
1
1

स्वीजरल्याण्ड ।

स्वीजरल्याण्डकी यास्मीनलाई पिङ्क रंग यति मन पर्यो कि उनका कपडा, घर, जुत्ता सबै यसै रंगमा रंगिएका छन् । यास्मीन पेशाबाट एक शिक्षिका हुन् र विद्यार्थीले उनलाई मिस पिङ्क भन्छन् । उनको तस्वीर र जीवनशैलीका कारण, उनी सामाजिक मिडियामा छाएकी छिन् ।

३२ वर्षीया यास्मीन चार्लेट भन्छिन्, उनी विश्वमा पिङ्क कलर मन पराउने एक मात्र महिला होइनन् । केही महिलाहरू विश्वमा विशेष रंगका कारण प्रख्यात भएका छन् ।

सानैदेखि मन पर्ने

यास्मीनले अरूलाई देखेर आफूलाई “पिंकी” बनाएकी होइनन् । जब उनी १२ बर्षकी थिइन्, आमाले पिङ्क कलरको केही ट्राउजर किनिन् । १३ वर्षको उमेरसम्म यास्मीनलाई पिङ्क कलर अधिक मन पर्न थाल्यो । उमेरसँगै पिङ्क कलरका लागि क्रेज बढ्यो ।

१६ बर्षको उमेरदेखि कलेक्सन

यास्मीनले १६ बर्षको उमेरदेखि पिङ्क कलेक्सन शुरु गरिन् । उनी बिहे गरी आफ्नो श्रीमानसँग बस्न थालिन्, श्रीमानलाई पनि यास्मीनलाई पिङ्क कलर मन परेकोमा कुनै आपत्ति थिएन । विवाहपछि, यास्मीनको पिङ्क कलेक्सन अझै बढ्यो ।

सजाइन् पिङ्क कलेक्सनको स्वर्ग

२०१९ मा यास्मीनले आफ्नै फ्ल्याट किनिन् र आफ्नो पतिसँगै पिङ्क कलेक्सनले स्वर्ग बनाइन् । फ्ल्याटको सबै चीजमा, भित्ताहरूमा, पर्दा, फर्निचर, घरको सजावटका सामानहरू, बेडरुम, तौलियासम्म सबैकुरा पिङ्क कलरको छ । यास्मीनसँग १०० भन्दा बढी पिङ्क कलेक्सन जुत्ताहरूको दराज छ ।

आफैँले कपडा डिजाइन गरिन्

यास्मिन शिक्षक बन्नु अघि उनी एक ड्रेस मेकर थिइन् । केही लुगाहरू आफैंद्वारा डिजाइन गरिएको छ भने अधिकतम अनलाईनबाट किनेकी हुन् । उनले २० बर्षदेखि पिङ्क बाहेक कुनै कलर लगाएकी छैनन् ।

यास्मीनका अनुसार उनका दराजहरू पिङ्क रंगका ड्रेसहरूले भरिएका छन् । स्कूलमा समेत कसैले उनलाई पिङ्क लगाउनबाट रोक्दैन । उनका विद्यार्थीहरूले उनलाई मिस पिङ्क भन्छन् । यदि कसैलाई कुनै समारोहमा जानु परेमा सो अनुसार उनीबाट लुगा भाडामा लिन्छन् । एजेन्सीको सहयोगमा

प्रकाशित: १० असोज २०७७ १४:२२ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी