२० मंसिर २०७८ सोमबार

0 Shares

चीनमा अन्नबाली उत्पादन दर प्रतिव्यक्ति ४७० किलोग्राम भन्दा बढी

बेइजिङ ।

चीनमा अन्नबाली उत्पादन दरको औसत मात्रा ४७० किलोग्रामभन्दा बढी रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । यो विश्वको सरदर स्तरभन्दा बढी हो भने विश्वले मान्यता दिएको ४०० किलोग्रामको सुरक्षित रेखाभन्दा माथि हो ।

अहिलेसम्म चीनको शरद ऋतुको अन्नबालीको राम्रो फसल निश्चित भइसकेको चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयले जानकारी गराएको छ ।

अन्नबालीको कूल उत्पादन मात्रा निरन्तर छैठौँ वर्षसम्म बृद्धि हुँदै चालु वर्ष छ खर्ब ५० अर्ब किलोग्राम (६५ करोड टन) पुग्ने अनुमान गरिएको हो ।

चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, तेह्रौं पञ्च वर्षीय योजनाको पुनरावलोकन गर्दा चीनमा अन्नबालीको उत्पादन स्थिर रुपमा बढेको देखिएको छ ।

सन् २०१९ मा चीनको अन्नबालीको कूल उत्पादन मात्रा छ खर्ब ६३ अर्ब ८५ करोड किलोग्राम (६६ करोड ३८ लाख टन) पुगी इतिहासको किर्तिमान सिर्जना भएको मन्त्रालयले जानकारी गराएको छ ।

चीनले खेतीको संरक्षण सम्बन्धी सबैभन्दा कडा व्यवस्था अपनाउँछ । चीनमा खेतीजन्य क्षेत्रफल कम्तीमा १२ करोड हेक्टर रहेको छ । चीनले स्थायी खेतीको विशेष संरक्षण गर्ने व्यवस्था चौतर्फी रुपमा पालना गर्ने गर्छ । यसका साथै चीनले अन्नबालीको उत्पादन र भटमास लगायत महत्वपूर्ण कृषि उपजको उत्पादन र संरक्षण क्षेत्रलाई वैज्ञानिक रुपमा विभाजन गरेको छ ।रासस

प्रकाशित: २० असोज २०७७ ०८:२९ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी