विश्व

विद्युतीय धरापमा १४ सुरक्षाकर्मी मारिए

15 Shares

ग्वादर ।

पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समय अनुसार बिहीबारको मध्यराति १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो । ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको थियो । तर उनीहरु भने सुरक्षित रहेको जनाइएको छ ।

सैनिकहरु चढेको दुई वटा सवारी साधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटनपछि सवारी साधन पनि पुरै जलेर नष्ट भएको छ ।

घटनाका बारेमा थाहा पाउनासाथ प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजन, इष्टमित्रप्रति सहानुभूति व्यक्त गरेका छन् ।रासस

प्रकाशित: ३० आश्विन २०७७ १७:४७ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी