1
1
1
1

0 Shares

कोरोनाबाट विश्वमा १२ लाख ३५ हजारभन्दा बढीको मृत्यु

1
1
1
1
1
1

चीनको हुृबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार  अपराह्नमा जानकारी दिएको छ ।

गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८७ लाख ७ हजार ७८० व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड १९ लाख ४५ हजार ५५० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट  बिहीबार, एकै दिनमा विश्वभरी ८ हजार ८७५ जनाको मृत्यु भएको छ ।  छ लाख ८ हजार ८६९ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका, दोस्रोमा भारत र तेस्रोमा र ब्राजिल रहेका छन् ।

अमेरिकामा  बिहीबार एकै दिनमा १ हजार २२६ जनाको मृत्यु भएको छ  भने  भारतमा ६७० र ब्राजिलका ६३० को मृत्यु भ्एको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३४ हजार ९४४ जनको मृत्यु भएको छ । अमोरिकामा ९६ लाख १० हजार ९६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६१ हजार ७३६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख १२ हजार ३१९ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २४ हजार ९८५ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । ल्याटिन अमेरिका र क्यारिबेनमा ४ लाख ८ हजार ७३५ जनाको मृत्यु भएको छ भने १ करोड १४ लाख ८६ हजार  ८९६ संक्रमित रहेका छन् ।

एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको एएफपीले जानकारी दिएको छ । धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको  बिरामीको मात्र परीक्षण गरिरहेका जनाइएको छ ।

प्रकाशित: २१ कात्तिक २०७७ २१:४० शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी