सन्देशमुलक सर्ट फिल्म ‘लाइफ इज ब्युटिफूल’ (भिडियोसहित)

सन्देशमुलक सर्ट फिल्म ‘लाइफ इज ब्युटिफूल’ (भिडियोसहित)


विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । यसको सन्त्रासले विश्व समुदाय आतंकित छन् । तर पनि हामीले  ‘लाइफ इज ब्युटिफूल’ भनेर आत्मबल सबल बनाउनुपर्छ।

यसैसँग सम्बन्धित एउटा सर्ट फिल्म आइतबार सार्वजनिक भएको छ। फिल्ममा धिरज लिम्बु र सुकु लिम्बुले अभिनय गरेका छन् । धिरज लिम्बुको लेखन तथा निर्देशनमा बनेको यो सर्ट फिल्म दिलरुपा लिम्बुले खिचेका हुन् भने झलकबहादुर गुरुङले सम्पादन गरेका हुन्। फिल्ममा किशोर गुरुङ, मनिष गुरुङ, तिना थापालगायतले भूमिका निभाएका छन्।

फिल्मले जस्तोसुकै परिस्थितिमा पनि हार खान नहुने र हार खाएकालाई सानो कुराले ठूलो  परिवर्तन गरिदिन सक्ने संदेश दिन खोजिएको छ ।

 

 

Logo