२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

भारतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो, मृतक कति ?

1
1
1
1
1
1

नयाँदिल्ली ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।

भारतमा सङ्क्रमणमुक्त भएकाहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख ४ हजार ३६५ जना सङ्क्रमित भएका हुन् भने कुल १ लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या ४ लाख ४३ हजार ७९४ रहेको छ ।रासस

प्रकाशित: ५ मंसिर २०७७ १७:११ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी