विश्व प्रदेश ३

कोरोना भाइरसबाट देशभर निको हुनेको संख्या उच्चदेखि सिसडोलबासी आन्दोलितसम्म (भिडियोसहित)

15 Shares

काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये नेपालमा शुक्रबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित निको भएका छन् । आज ५ हजार ३ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका हुन् । योसँगै कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

त्यस्तै वातावरण संरक्षणसँग सम्बन्धित विज्ञले वायु प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोभिड–१९ संक्रमण हुने र कोरोनाका कारण मृत्यु हुने सम्भावना बढी भएको अध्ययनले देखाएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य संघठन नेपाल, नगरपालिका संघ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा आज भएको कार्यक्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये करिब १५ प्रतिशत वायु प्रदूषणकै कारण हुने गरिएको जनाइएको छ ।

भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँ दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागु गरिएको छ । पछिल्लो १५ दिनमै १ लाख नयाँ संक्रमित थपिएको दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना हुने र वैवाहिक समारोहमा ५० जनामात्रै सहभागि हुन पाउने गरि नियम लगाइएको हो ।

त्यस्तैगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरु बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको पछिल्लो विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको थियो ।

विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन् । वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बीमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भने अनुसार तत्काल सुरुआत गर्नुपर्ने उनीहरुको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सिमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

प्रकाशित: ५ मंसिर २०७७ १८:२५ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी