1
1
1
1
1

0 Shares

बेलायतमा एकैदिन ५०१ संक्रमितको मृत्यु

1
1
1
1
1
1

बेलायतमा एकैदिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ । सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका सङ्क्रमित देखिएका बताइएको हो ।

यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका ती सङ्क्रमितसहित यहाँ कोरोना सङ्क्रमितहरूको सङख्या १४ लाखभन्दा बढी पुगेको छ ।

बिहीबार यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा यहाँ सङ्क्रमितहरूको सङ्ख्या १४ लाख ५३ हजार ९६७ जना पुगेको जनाइएको हो ।

बेलायतमा यसरी एकैदिन यति धेरै सङ्क्रमित फेला पर्न थालेको पनि महिना दिनभन्दा पनि बढी भएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । साथै यहाँ एकै दिनमा ५०१ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ । यो सङ्ख्या बेलायतमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको सङ्ख्या ५३ हजार ७७५ पुगेको छ ।

पछिल्लो महिना यहाँ सङ्क्रमितको सङ्ख्या बढेसँगै मृतकहरूको सङ्ख्या पनि बढेको बताइएको छ । यहाँ कोरोनाको दोस्रो लहरको संक्रमण शसुरु भएको बताइएको छ ।

जसका कारण बेलायतका केही ठाउँमा अझै लकडाउन जारी रहेको छ । यहाँको सरकारले यो तथ्याङ्कले बेलायतमा सङ्क्रमणले थप चिन्ता बढाइदिएको बताएको छ ।

प्रकाशित: ५ मंसिर २०७७ २०:५० शुक्रबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी